www.manakaamana.blogspot.com

Friday, December 25, 2009

शुभ कामना

नव बर्ष २०१० को पुनित अबसरमा हाम्रो मनकामना बचत कोषका सम्पुर्ण सदस्य मित्रहरुमा सु- स्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभ कामना चाहन्छौ।।
Agm^Happy new Year

-मनकामना बचत कोष परिवार

Sunday, December 6, 2009

मनकामना बचत कोषको दोश्रो आयाम

27 November 2009 मा बसेको साधरण सदस्य भेलाले गरेको निर्णय अनुरुप आज December 06- 2009 का दिन ने रु ४०००००( चार लाख ) बचत कोषको नाममा जमिन खरिद गर्नको लागि पहिलो किस्ता स्वरुप कोषका पदाधिकारी श्री
सुक बहादुर गुरुङ ज्यु को नाममा नेपाल इन्भेस्ट्मेन्ट बैंक मार्फत उक्त् रकमको निकासी गरियो। बांकी रकम ने रु ६,५०,००० आगामी दुई महीना भित्रमा पठाउने शर्तमा उपरोक्त रकम को निकासा गरिएको हो ।

नोट: स्मरण होस् कि मनकामना बचत कोषको नाममा रहेको जमिन क्षेत्रफल ३- ०- ० (आना) मा संगै जोडिएको कित्ता क्षेत्रफल २-२-२(आना) जमिन थप् गर्नको लागि बचत कोषको यो महान कार्य लाई दोश्रो आयमको रुपमा लिईएको हो।

Sunday, November 29, 2009

सम्पुर्ण मित्रहरुलाई नमस्कार



बिदेशी भुमिमा रहदा बस्दा एक आपसमा परिचय भई मित्रता जस्तो पवित्र बन्धन बाँधिन हामी सफल भयोऊ र यसै पवित्र मित्रता लाई सधैं भरी आपसमा नजिकै राख्ने उदेश्यले अनी हामी हरु बीच आइपरेका कठिनाई हरुलाई सहज रुपमा सुल्झाउने साथै बचत को भावनामा बिकास गर्ने जस्ता मुलभुत उदेश लाई लियर गठन गरिएको मनकामना बचत कोषलाई सदैब खुल्ला दिल र मिठो मुस्कानका साथ अगाडि बडाउन को लागि सम्पुण सदस्य मित्रहरुमा हार्दिक अनुरोध गर्द छौ।