www.manakaamana.blogspot.com

Thursday, August 19, 2010

भ्रस्टचारी नेताहरु



सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
 कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
                                             -देवराज श्रेष्ठ

Monday, August 16, 2010

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण यहाँ  पेश गरियको छ  नबुझेको खण्ड मा यहाँ हरुले सोध्न सक्नु हुनेछ

लाली गुरास फुल भित्र

लाली गुरास फुल भित्र मनकामना को कोश 
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश 
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा
                                                  -देवराज श्रेष्ठ

मनकामना बचत कोश