www.manakaamana.blogspot.com

Monday, December 6, 2010

ऋण आबेदन फॉर्म

समाचार

मिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.
१. जरिवाना सम्बन्धी
गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले  २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१०  देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.
२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई
हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ  घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले  संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता  बाट बिदाई गरियको छ.

Sunday, October 17, 2010

मिति ०८/१०/२०१० को साधारण भेला

आज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।
१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।
२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।
३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।
४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।  

  

Thursday, August 19, 2010

भ्रस्टचारी नेताहरु



सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
 कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
                                             -देवराज श्रेष्ठ

Monday, August 16, 2010

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण यहाँ  पेश गरियको छ  नबुझेको खण्ड मा यहाँ हरुले सोध्न सक्नु हुनेछ

लाली गुरास फुल भित्र

लाली गुरास फुल भित्र मनकामना को कोश 
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश 
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा
                                                  -देवराज श्रेष्ठ

मनकामना बचत कोश

Thursday, July 29, 2010

साधारण भेला

यस मनकामना बचत कोश को मिती २३ जुलाई २०१० मा कोश का अध्यक्ष श्री रुद्र बहादुर के सी ज्यु को अध्यक्षता मा साधारण भेला सम्पन्न भयो उक्त्त साधारण भेला मा निम्न लिखित कुराहरु सर्बसम्मत बाट निर्णय गरियको छ।
१) राजिनामा सम्बन्धी: मनकामना बचत कोश बाट खरिद गरियको जग्गा बिक्री नभए सम्म कम्पनी बाट एक्सिट जाने बाहेक अरु सदस्य बाट रजिनामा स्वीकार नगर्ने निर्णय गरियको छ।
२) राजीनामा फिर्ता: आजको मिती भन्दा अगाडि पेश गरियको राजीनामा श्री कृष्ण पुरी, श्री सहन श्रेष्ठ र श्री नारायण श्रेष्ठ को मन्जुर का साथ फिर्ता गरियको छ।