www.manakaamana.blogspot.com

Monday, December 6, 2010

Ctrl+C सम्बन्धी जानाकरी

कृपया तपाईंहरु होसियार हुनुस् यदि तपाईं Ctrl+C press गर्दै हुनु हुन्छ भने , यो information तपाईंहरुलाई useful हुन सक्छ ।
Ctrl+C कम्प्युटर चलाऊदा हामी यो shortcut कि को प्रयोग गरेर टेक्स्ट लाई कपि गरेर अन्तै कतै पेस्ट गर्छौ । तर यो सुरक्षित भने छैन , तपाईंहरु सोच्नु हुँदै होला किन ... किनभने ,जब हामी online मा हुन्छौ र हामीले Ctrl+C को प्रयोग गरेर कुनै टेक्स्ट वा डाटालाई कपि र पेस्ट गर्यौ भने त्यो कपि गरेको टेक्स्ट वा डाटा Clipboard मा सङ्रग्रहित हुन्छ र नेट बाट Javascripts र Asp को combination बाट तपाईंले पछील्लो पटक copy गरेको टेक्स्ट वा डाटा सजिलै सँग हेर्न सकिन्छ ।
यदि तपाईं पत्याउनु हुन्न भने अहिले नै प्रयोग गरेर हेरौ न त हुन्न ...
१ तपाईंले कुनै टेक्स्ट लाई Ctrl+C प्रयोग गरेर कपि गर्नुहोस्२ अब यो लिन्क लाई क्लिक गर्नुहोस् http://www.sourcecodesworld.com/special/clipboard.asp
३ तपाईंले कपि गर्नु भएको टेक्स्ट लाई त्यहा देख् न सक्नुहुनेछ ।
त्यसैले कुनै पनि sensitive data (जस्तै passwords, creditcard numbers,PIN ईत्यादी ) लाई कपि र पेस्ट गर्ने नगर्नुहोस् जब तपाईं ईन्टरनेटमा अन्लाईनमा हुनु हुन्छ । नत्र clipboard मा सङ्रग्रहित डाटालाई सजिलै extract गरेर तपाईंको sensitive data चोरी हुन सक्छ ।
अथवा तपाईंले यो तरिका अपनाएर clipboard मा सङ्रग्रहित डाटा hack हुन बाट जोगाउन सक्नु हुन्छ
१ Internet Explorer को Tools मेनुमा internet option मा जानुहोस्
२ अब Security Tabs मा क्लिक गर्नुहोस्
३ त्यसपछि Custom level को settings भित्र "allow paste operations via script" लाई disable गरीदिनुहोस् ।

ऋण आबेदन फॉर्म

समाचार

मिति ४ डिसेम्बर २०१० सुक्रबार बसेको साधारण सभा मा निम्न लिखित बुदाहरु मा छलफल गरियो.
१. जरिवाना सम्बन्धी
गत महिना ओक्टोबर मा धेरै जसो सदस्य साथिहरु बाट नियमित शेयर र किस्ता शेयर समयमा भुक्त्तानी नभयको ले कोष को लगानिमा प्रतक्ष्य असर पर्न गयकोले उक्त्त कार्य पुन नदोहरियोस भन्ने उद्देश्य ले  २% जरिवाना बाट बढायर आगामी महिना डिसेम्बर २०१०  देखि ५% जरिवाना लाग्ने कुराको सर्ब सहमति मा पारित गरियो.
२. सहन श्रेष्ठ लाइ कोष को सदस्यता बाट बिदाई
हाम्रो कोष को सरल र मिलनसार मित्र सहन श्रेष्ठ लाइ  घरयासी तथा आर्थिक समस्या को कारणले कोष लाइ निरंतरता दिन नसक्नु भयकोले  संपूर्ण सदस्य मित्रहरु को सहमति मा मनकामना बचत कोषको सदस्यता  बाट बिदाई गरियको छ.

Sunday, October 17, 2010

मिति ०८/१०/२०१० को साधारण भेला

आज मिती २०१०/१०/०८ मा बसेको साधारण भेलामा निम्न कुराहरुमा छलफल गरियो।
१)समिती मा रहेको कुल जग्गा ५।२।२ क्षेत्रफल मध्यमा पहिले लियको ३।०।० आना बिक्री गर्ने निर्णय गरियो।
२)समिती का सदस्यहरु बाट बढी मात्रा मा राजिनामा पर्न आयकोले र भबिस्य मा आउने भैपरी राजीनामा को लागि समिती सँग पर्याप्त रकम नभयको कारणले यो निर्णय गरियो।
३)उक्त्त रकम समितीको संयुक्त्त खाता मा जम्मा गर्ने र भैपरी आयको राजिनामा लाई स्वीकृत गरि भुक्त्तान गर्ने निर्णय गरियो।
४)बाँकी रहेको २।२।२। क्षेत्रफल को जग्गालाई मुल्य पायको खण्डमा बिक्री गर्ने र यदि नपायको खन्डमा एथावत राख्ने निर्णय गरियो।  

  

Thursday, August 19, 2010

भ्रस्टचारी नेताहरु



सगरमाथा सिर हाम्रो नेपालीको शान
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान
 कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द
दिवश बन्न थाले अचेल हड्ताल र बन्द
नेता जी लाई कुर्सी प्यारो जनता लाई काम
नियती भो नेपाली को माग र चक्क जाम
कहिले छैन मत्तितेल कहिले छैन बत्ती
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती
कती बगे यो देश मा रगत को खोली
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली
ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार
कती सिउदो पुछी सके कती लुटे घरबार
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो
नेपालको राजनीति तिहारको भैलो
कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट
निमुखा यि जनता लाई सधैं पिर चोट
रामे श्यामे उस्तै भए उही ड्याङ का मुला
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला
थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला
                                             -देवराज श्रेष्ठ

Monday, August 16, 2010

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण

अगस्ट २०१० सम्मको आय ब्यय बिवरण यहाँ  पेश गरियको छ  नबुझेको खण्ड मा यहाँ हरुले सोध्न सक्नु हुनेछ

लाली गुरास फुल भित्र

लाली गुरास फुल भित्र मनकामना को कोश 
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश 
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा
                                                  -देवराज श्रेष्ठ

मनकामना बचत कोश