www.manakaamana.blogspot.com

Saturday, May 15, 2010

सूचना सूचना सूचना

हिजो मिति १४ मई २०१० मा बसेको साधारण सदस्य भेला ले निम्न लिखित कुराहरु पारित भयको जानकारी गराइन्छ l
१) कोष को लागनी सम्बन्धी बिषयमा - आगामी दिनहरू मा बचत हुन आयको रकम कोष कै शेयर धनि बिचमा लगानी गर्ने कुराको निर्णय गरियो l
२) शेयर को राजीनामा  सम्बन्धी - मिति १४-०५-२०१० का दिन कोषका सदस्य श्री   गुण परसाद श्रेष्ठ बाट साधारण सदस्यता बाट  राजीनामा को लागी निबेदन परेको ले उक्त शेयर थप गर्न को लागी इच्छुक शेयर धनिहरुलाई निवेदन दिनको लागी यो सूचना प्रबाह गरियो ल
३) कोष को दर्ता सम्बन्धी - बिगत मिति ०५-०२-२०१० मा बसेको साधारण सदस्य भेला अनुरूप ३ महिना भित्रमा कोष को बिधान तैयार हुनु पर्ने मा कार्य ब्यास्तताले गर्दा उक्त बिधान बन्न नसकेको भनी बिधान कमिटी को प्रतिबेदन परेको ले उक्त कार्य लाई आगामी २ महिनाको लागी स्थगित गरियो l
४) आय ब्याय सम्बन्धी - यस मनकामना बचत कोष को मई २०१० सम्मको आय ब्याय बिबरण यस प्रकार रहेको छ

Saturday, February 20, 2010

सूचना!

मिति ०५/०२/२०१० मा अलमराई कंपनी को नर्थ भिल्लामा बसेको साधारण सदस्य भेला ले निम्न लिखित बुदा हरु माथि छलफल  गरेर पारित भएका कुराहरु-
१.कोष को दर्ता सम्बन्धी 
कोष दर्ता सम्बन्ध मा आगामी तिन महिना भित्र कोष को बिधान बनाउने कुरा को निर्णय गरियो.बिधान बनाउन को लागी ७ जना सदस्य कमिटी को गठन गरियो.बिधान कमिटी को संयोजक सदस्य हरु-
श्री देवराज श्रेष्ठ,श्री तेज के.सी.,श्री होमनाथ गिरी,श्री नरेन्द्र गुरुंग,श्री रूद्र बहादुर के.सी.,श्री कृष्ण पूरी र श्री बिमल थापा.
बिधान बनाई सके पछि संस्था दर्ता सम्बन्धी कार्य अगाड़ी बढाइने छ 
२.कोष को राजीनामा सम्बन्धी 
आगामी दिन हरुमा कोष को साधारण सदस्यता बाट राजीनामा दिनु भन्दा २ महिना अगाड़ी नै पूर्ब सूचना दिनु पर्ने कुराको निर्णय गरियो      

तेस्रो बार्षिक उत्सब

संपूर्ण समिति का सदस्य हरु मा अबगत गराउन चाहन्छु की यो हाम्रो मनकामना बचत कोष ले सफलतापुर्बक तीन   बर्ष पूरा गरी यही में महिना २०१० मा तेस्रो बार्षिक उत्सब  मनाउने प्रस्ताब आएको हुदा आगामी साधारण सभा मा उक्त प्रस्ताब माथि छलफल गरिने कुराको जानकारी गरिएको छ

Thursday, January 21, 2010

शेयर बिक्री सम्बन्धी सूचना

आगामी महिना फेब्रुअरी मा कोष का सदस्यहरु  श्री बिबाराम तमांग र श्री कैलाश सिंह बिष्ट आफ्नो ब्याग्तिगत कारण बश अलमाराई कंपनी बाट राजीनामा दियर जाने भयको ले कोष को  साधारण सदस्य बाट  राजीनामा दिनु भयको हुदा उहाहरु  को शेयर स्त्तान्तर को लागी ईछुक सदस्य हरुले यो जनवरी मसानता सम्म मा थप शेयर को लागी निबेदन  दिन हुन को लागी यो सूचना प्रकासित गरियको छ .

Saturday, January 9, 2010

मनकामना बचत कोष को लोगो

हाम्रो मनकामना बचत कोष को लोगो कत्तिको उपयुक्त छ वा छैन  संपूर्ण सदस्य मित्रहरुले  सल्लाह र सुझाब पठाउनु होला



लोगो एनिमेशन : देव राज श्रेष्ठ

सूचना ! सूचना !! सूचना !!!

यस मनकामना बचत कोषको साधारण सभा आगामी सुक्रबार मिति १६-१-२०१० का दिन दिउसो ठीक २ बजे अलमराई कंपनी को एक्सिट १७ स्थित नेपाली भिल्लामा बस्न गईरहेको हुदा कोष का संपूर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागी यो जानाकारी गराईन्छ / कंपनी को कार्य बाहेक बैठक मा उपस्थित नहुने सदस्यहरुलाई  सा.री. ५ जरिवाना लाग्ने कुरा पनी यसै सूचना द्वारा सूचित गरिन्छ /

निर्देशक:
श्री रूद्र बहादुर के. सी.

दोश्रो आयामको सफलता

संपूर्ण सदस्य मित्रहरुलाई  बिदित  भयको  कुरा हो हाम्रो मनकामना बचत कोष को  दोश्रो आयाम स्वरूप काठमांडू नेपाल मा अबस्थित  २.२.२ क्षेत्रफल बराबर को जग्गा कोष का सदस्यहरु श्री तेज बहादुर के सी ,  शिव भक्त वागले  र सुक बहादुर गुरुंग को नाम मा मिति ०७/ ०१/२०१० का दिन दर्ता गरेर कोष को दोश्रो आयाम ले पूर्णता हासिल गरेको छ  यसको  लागी कुल लगानी रकम दर्ता शुल्क रु ५००० सहित रु १०५५००० (  दश लाख पचपन्न हजार ) रहेको छ /  

Friday, December 25, 2009

शुभ कामना

नव बर्ष २०१० को पुनित अबसरमा हाम्रो मनकामना बचत कोषका सम्पुर्ण सदस्य मित्रहरुमा सु- स्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभ कामना चाहन्छौ।।
Agm^Happy new Year

-मनकामना बचत कोष परिवार

Sunday, December 6, 2009

मनकामना बचत कोषको दोश्रो आयाम

27 November 2009 मा बसेको साधरण सदस्य भेलाले गरेको निर्णय अनुरुप आज December 06- 2009 का दिन ने रु ४०००००( चार लाख ) बचत कोषको नाममा जमिन खरिद गर्नको लागि पहिलो किस्ता स्वरुप कोषका पदाधिकारी श्री
सुक बहादुर गुरुङ ज्यु को नाममा नेपाल इन्भेस्ट्मेन्ट बैंक मार्फत उक्त् रकमको निकासी गरियो। बांकी रकम ने रु ६,५०,००० आगामी दुई महीना भित्रमा पठाउने शर्तमा उपरोक्त रकम को निकासा गरिएको हो ।

नोट: स्मरण होस् कि मनकामना बचत कोषको नाममा रहेको जमिन क्षेत्रफल ३- ०- ० (आना) मा संगै जोडिएको कित्ता क्षेत्रफल २-२-२(आना) जमिन थप् गर्नको लागि बचत कोषको यो महान कार्य लाई दोश्रो आयमको रुपमा लिईएको हो।

Sunday, November 29, 2009

सम्पुर्ण मित्रहरुलाई नमस्कार



बिदेशी भुमिमा रहदा बस्दा एक आपसमा परिचय भई मित्रता जस्तो पवित्र बन्धन बाँधिन हामी सफल भयोऊ र यसै पवित्र मित्रता लाई सधैं भरी आपसमा नजिकै राख्ने उदेश्यले अनी हामी हरु बीच आइपरेका कठिनाई हरुलाई सहज रुपमा सुल्झाउने साथै बचत को भावनामा बिकास गर्ने जस्ता मुलभुत उदेश लाई लियर गठन गरिएको मनकामना बचत कोषलाई सदैब खुल्ला दिल र मिठो मुस्कानका साथ अगाडि बडाउन को लागि सम्पुण सदस्य मित्रहरुमा हार्दिक अनुरोध गर्द छौ।