www.manakaamana.blogspot.com

Monday, August 16, 2010

लाली गुरास फुल भित्र

लाली गुरास फुल भित्र मनकामना को कोश 
हात मा हात काँध मा काँध मिलाई बढाउ जोश 
सगरमाथा लाली गुरास हाम्रो देशको गौरब
साथी भाई मिलिजुली गरौ केही पौरख
एक ले थुके सुकी जान्छ सबले थुके नदी बन्छ
पौरखी ति पूर्वज का उपदेश ले यसै भन्छ
रिस राग लोभ छोड् एकता मा जाँउ बरु
एक बाट दुई बनाउ शेयर थप्दै जाउ अरु
आज नभए भोली हुन्छ धैर्यता लाई नटुटाउ
अज्ञानता लाई टाढा राख आफ्नो फाईदा नलुटाउ
आफ्नो सम्झे सबै आफ्नो पराई सम्झे पराई
समानता ल्याउनु पर्छ हिमाल मदेश तराई
आज रोपे भोली फल्छ फले पछी फाईदा
कस्तो लाग्यो साथी भाई बचत कोश को काईदा
                                                  -देवराज श्रेष्ठ

No comments:

Post a Comment