याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।
http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।
साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त

No comments:
Post a Comment